Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

परिचय

परिचय

नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा स्थापित त्रिमूर्ति निकेतनको २०६१ साल भदौ ११ गते अनावरण भएको थियो। नेपाली साहित्यका स्रष्टात्रयको एकै ठाँउमा सालिक स्थापना यो नै प्रथम हो । जोरपाटीस्थित समता शिक्षा निकेतनका पाँच वर्षीय रचना सुब्बा, सङ्गीता आचार्य र प्रमिला विश्वकर्माबाट अत्यन्त भव्य समारोहमाझ त्रिमूर्तिका पूर्ण कदका सालिकको अनावरण भएको थियो ।

काठमाडौँको सञ्चारग्रामस्थित... पूरा विवरण

कविशिरोमणि लेखनाथ पौड्याल

कविशिरोमणि लेखनाथ पौड्याल

१. जन्म, शिक्षा र कवित्वको प्रारम्भ

नेपाल अधिराज्यको गण्डकी अञ्चलअर्न्तर्गत कास्की जिल्लामा अर्घौँ अर्चलेमा संवत् १९४१ मा कविशिरोमणिको जन्म भएको थियो । पिता पं. दुर्गादत्त र माता वसुन्धरादेवीबाट जन्मेका लेखनाथ पौड्याल नामअनुसार काम पनि गरेर नेपालीसाहित्यका लेखनाथ नै बने । वंश, परम्परा, प्रकृति र समसामयिक स्थितिबाट नेपालीकविताको सिर्जनप्रति उनी प्रेरित भएका थिए । उनले शुरूमा गङ्गागणेशस्तोत्र, अमरकोश, सप्तशती (चण्डी)आदि पढेर आफ्नो अध्ययनको शुरुआत गरेका थिए । साथै काका पर्ने पितृप्रसादका... पूरा विवरण

नाट्यसम्राट् बालकृष्ण सम

नाट्यसम्राट् बालकृष्ण सम

बालकृष्ण सम जहानिया राणापरिवारकै सदस्य पिता समरशमशेर र माता कृर्तिराज्यलक्ष्मीबाट काठमाडौं ज्ञानेश्वरमा संवत् १९५९ माघ २४ गते जन्मेका थिए । उनी वंशजका नाताले राणा भए पनि स्वभाव र आचरणका हिसाबले साधारण मानिस झैँ   थिए । बालककालमा आफ्ना बाजे डम्बरशमशेरको क्रूर व्यवहार र आफ्नी बज्यैको दयालु स्वभाव समले देखेका थिए । बाजे र बज्यैका आचरण देख्ता समको कोमल हृदयमा बज्यैको प्रभाव पर्‍यो । फलस्वरूप उनी हिरण्यकशिपु होइन प्रहलाद बन्न पुगे । त्यसकारण उनी बाल्यकालदेखि नै नम्रता, शिष्टता र भद्रता अँगाल्न... पूरा विवरण

महाकवि लक्ष्मीप्रसाद देवकोटा

महाकवि लक्ष्मीप्रसाद देवकोटा

संसार विचित्र छ । यस विचित्रताभित्र कति सम्पन्न र कति विपन्न जन्मन्छन् अनि कति मुर्ख, ज्ञानी र सारस्वत प्रतिभाको जन्म हुन्छ, ती कसरी आउँछन् र आफ्नो काम सकेर सुटुक्क बिदा हुन्छन् यो सबको लेखाजोखा गर्ने काम सुगम छैन र यहाँ सम्भव पनि हुँदैन । विचित्र संसारको नेपालीवाङ्मयको लागि एक विचित्र उपलब्धि अनि अनुपम प्रतिभाका रूपमा लक्ष्मीप्रसाद देवकोटाको अभ्युदय नेपालीसाहित्यमा एक ऐतिहासिक अध्यायका रूपमा रहेको छ । यिनै साधक देवकोटाको व्यक्तित्व र कृतित्वको सिंहावलोकन यहाँ गरिनेछ ।

१. जन्म र बाल्यकाल

... पूरा विवरण

 
 

© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com