नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home Page

परिचय

नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

२०६१ साल भदौ ११ गते त्रिमूर्तिका पूर्ण कदका (ढलोटबाट निर्मित छ फुट उचाइका) सालिकको अनावरण भएको थियो । सञ्चारग्रामस्थित त्रिमूर्तिस्थलमा नेपाली शैलीको घरको छानामा त्रिमूर्तिलाई विराजमान गराइएको छ भने घरभित्र त्रिमूर्ति विषयक कृतिहरू सङ्कलित त्रिमूर्ति पुस्तकालयको सञ्चालन गरिएको छ ।

त्रिमूर्ति निकेतन घटराज भट्टराई, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको परिकल्पना, सक्रियता र समर्पणमा निर्माण भएको हो । निकेतनको स्थापनामा जनरल भूपालमानसिंह कार्की, खनूपरुदे ‘रामबाबू’, सीताराम प्रसाई, रामचन्द्र तिमोथी, सलोमी लेप्चा, डा.मोदनाथ प्रश्रित, नरहरि आचार्य, हरिहर ‘विरही’, तारानाथ दाहाल, कलाकार के.के.कर्माचार्य, इन्जीनियर टेम्बा शेर्पा तथा मूर्तिकार बालकृष्ण तुलाधरको उल्लेख्य भूमिका रहेको छ ।

त्रिमूर्ति निकेतनले आफ्ना कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ । यस निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा त्रिमूर्तिका नाउँमा लेखनाथ पौडयाल पुरस्कार, बालकृष्ण सम… पूरा विवरण

कविशिरोमणि लेखनाथ पौड्याल

लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस१५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवीर पं. दुर्गादत्त थिए।
पौडयालले सर्वप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्नपितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईखर दधिराम मरासिनीको स्नेह,सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमाआफूलाई पुर्‍याएका थिए । पौड्याल आफू पन्ध्र वर्षको हुँदाकाठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि उनी कविता लेखनमा पनिआबद्ध हुन थाले । त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिनगए, तर उनी फेल भए । त्यसपछिउनले पढ्ने कामबाट मन झिके ।… पूरा विवरण

नाट्यसम्राट् बालकृष्ण सम

जहानियाँ एकतन्त्रीय राणाशासक परिवारमा नै बालकृष्ण समका बुबा समरशमशेर जबराको जन्म भएको थियो । समरशमशेर तथा आमा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्रका रूपमा समको जन्म संवत् १९५९ माघ २४ गते ज्ञानेश्वरमा भएको थियो । समका बाजे जनरल डम्बरशमशेर अत्यन्तै मापाका, कठोर र क्रूर थिए । एउटा तानाशाही परिवारभित्र पनि दयालु नरम र शिष्ट व्यक्तित्वको अवतरण हुँदो रहेछ भन्नुको प्रमाण समरशमशेरका छोराहरू पुष्करशमशेर र बालकृष्ण समको जन्मले स्पष्ट पार्‍यो । बालकृष्णशमशेर जबराको प्रारम्भिक शिक्षा दरबार हाइस्कुलमा सम्पन्न भएको थियो । त्यस स्कुलमा दशौं कक्षासम्मको अध्ययन गरिसकेपछि उनले कोलकाताबाट म्याटि्रक उत्तीर्ण गरे । त्यसपछि उनी त्रिचन्द्र कलेजमा भर्ना भए । त्यहाँ उनले विज्ञान विषय लिएर पढ्न थाले । … पूरा विवरण

महाकवि लक्ष्मीप्रसाद देवकोटा

तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।… पूरा विवरण

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख